पोखरा महोत्सवमा ज्योती र सविनको प्रस्तुतीमा झुमे दर्शक
पाेखरा | माघ ६, २०७९
पोखरा: अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा गायिका तथा मोडल ज्योती मगरको प्रस्तुती मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका छन । महोत्सवमा बिहीबार लोकदोहोरी गायिका तथा मोडल ज्योती मगरको प्रस्तुतीमा युवा देखी वृद्धवृद्धाहरुले मनोरन्जन लिएका हुन । ज्योती संगै महोत्सवमा जीवन दाहाल, शिवहरी ढुंगाना, शंकर पन्त, सीता परियार, पुजा तामाङ, तुलसा जिसी, माधव चापागाइ, नेत्र खड्का लगायतको दोहोरी प्रस्तुती मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए ।
त्यसैगरी सांझको लाइभ ब्याण्ड तर्फ सविन राइ एण्ड द फेरोहको प्रस्तुती मार्फत युवाहरुले मनोरन्जन लिए । युवाहरु माझ चर्चित सविन राइले आफ्नो प्रस्तुती राख्दा दर्शकहरु निकै उत्साहित बनेका थिए । नवौ दिन सम्म आइपुग्दा महोत्सवमा दर्शकको भीड वड्दै गएको छ । महोत्सवमा दर्शकको भीड संगै कारोबार समेत बढेको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
महोत्सवमा शुक्रबार लोकदोहोरी तर्फ आलिफ खान, जीवन दाहाल, शिवहरी ढुंगाना, रेशम निर्दोश, ज्योती लोहोनी, कमला गैरे, जुना क्षेत्री, टेक क्षेत्रीको प्रस्तुती रहने छभने नेत्रपाणी बास्तोलाले कार्यक्रम सञ्चालन गर्नेछन । त्यसैगरी हास्य प्रहसन तर्फ राजेन्द्र गिरी जादुगर गुन्द्रुके मुना गिरीको प्रहसन संगै डान्स जादु प्रस्तुती रहन छभने २३ इन्चको मनोज गोर्खालीमार्फत डान्स प्रस्तुती रहने छ । त्यसैगरी सांझको लाइभ ब्याण्ड तर्फ अनुप्रस्थाको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
त्यसैगरी महोत्सवमा जारी विद्यालय स्तरिय लोक नृत्य प्रतियोगितामा मेरिगोल्ड बोर्डिङ स्कुल अघिल्लो चरणमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न पहिलो चरणको प्रतियोगितामा अमरसिंह मावि, श्री नव प्रभात सेकेण्डरी स्कुल, मेरिगोल्ड इङलिस बोर्डिङ स्कुल, श्री सिद्ध मावि र बाल कल्याण मावि विच भएको प्रतिस्पर्धामा मेरिगोल्ड बोडिङ स्कुल अघिल्लो चरणमा प्रवेश गरेको हो । विद्यालय स्तरिय लोकनृत्य प्रतियोगितामा माघ ८ गते भ्यु प्वाइन्ट बोडिङ स्कुल, मेट्रोपोलिटन एकेडेमी, कास्की मोर्डनाइज र मेरिगोल्ड बोर्डिङ स्कुल बीच फाइनल प्रतिस्पर्धा हुनेछ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...
पोखरा । ‘इतिहास, भाषा, संस्कृति संरक्षण सम्बद्र्धन मगरहरुको मूल मन्त्र, जातिय पहिचान र स्वायत्त शासनसहितको संघीय लोकतान्त्रिक गणतन्त्र’ भन्ने नारासहित एकताको सन्देश दिँदैं पोखरामा पनि ४४ ...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा चुस्त सुरक्षा व्यवस्थापन र सुदृढीकरणमा जोड दिइएको छ । प्रहरी मुख्यालयमा आज निर्वाचनसम्बन्धी भएको सरोकारवाला प्रतिनिधिहरू सहभागी अन्तरक्र...

